मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह चयन



काठमाडौं /  मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँ सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए । ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै शाहले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने दाबी गरे ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताईन् । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताईन ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा ९९ वटा शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

सर्वाेत्तमकाे सेयर खरिद प्रकरणः अख्तियारले थाल्यो अनुसन्धान

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान

मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्तको भोलिदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ

नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेप्सेमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ

प्रकाशित मिति २०७८ असार १ देखि