२० लाख कित्ता आईपिओ ल्याउँदै आँखु खोला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२० लाख कित्ता आईपिओ ल्याउँदै आँखु खोला



1327403299_1450770713काठमाडौं । आँखु खोला हाइड्रो पावर कम्पनिको २० लाख कित्ता अर्थात २० करोड रुपैंया बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन हुने भएको छ । कम्पनिको हिजो सोमबार बसेको वार्षिक साधारणसभाले उक्त आईपिओ जारी गर्ने निर्णय गरेको हो ।

६० करोड चुक्ता पूँजी रहेको कम्पनिको आईपिओ जारी भएपछि  चुक्तापूँजी ८० करोड पुग्ने छ । आँखु खोला हाइड्रो पावर कम्पनिका सेयर निष्काशन साढे २ महिना भित्रमा आउन लागेको कम्पनिले जनाएको छ ।

धादिङ स्थित बुढीगण्डकी नदिमा सञ्चालित उक्त परियोजनाले विगत दुई वर्षदेखि नै उत्पादन शुरु गरिसकेको छ । उक्त परियोजनाले हाल ८ दशमलव ४ मेगावाट विद्युत उत्पादन गर्दै आएको आँखु खोला जदविद्युत परियोजनाका सिइओ हरी प्रसाद भट्टले बताए ।

कम्पनिको गत आर्थिक वर्ष २०७१७२ को असार मसान्त सम्मको वार्षिक प्रतिवेदन अनुसार विद्युत बिक्रीबाट २२ करोड ३० लाख ७ हजार आम्दानी गरेको छ जुन गत वर्षको साही अवधिभन्दा करिब ३४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनिले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख ९५ हजार आम्दानी गरेको थियो ।

आर्थिक वर्ष २०७१७२मा कम्पनिको कुल आम्दानी करिब ३२ प्रतिशतले बढेको भएपनि कम्पनिको मेशिनहरुको बिक्रीमा उच्च घाटा हुँदा साथै कम्पनिले ठूलो ब्याजदर तिर्नुका साथै डिप्रिसिएशन चार्जमा समेत उच्च बृद्धि भएकोले यसको खुद आम्दानी भने ७६ करोड ७२ लाखले ऋणात्मक रहेको छ ।

परियोजनामा बढीमात्रामा माछापुत्छ«े बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सनराईज बैंक र काष्ठमण्डप बैंकको कर्जा लगानी रहेको छ ।

कम्पनिको पूँजी संरचना हेर्दा अधिकृत पूँजी १ अर्ब १५ करोड रहेको छ भने जारी पूँजी ८० करोड रहेको छ । त्यस्तै कम्पनिको चुक्ता पूँजी ६० करोड रहेको छ ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार ०९:३०