उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव ११ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।आज कारोबारमा आएको १७० कम्पनीको ६ लाख ६७ हजार ४ सय ३४ कित्त सेयर बाट १९ करोड ३८ लाख २६ हजार ४ सय १० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समहु ४३ दशमलव ४९ अंकले ओरालो लागेको छ। अाज होटल समुह ४० दशमलव ६६ अंकले,जलविधुत समुह १० दशमलव ७८ अंकले, उतपादनमुलक समुह ९ दशमलव ३८ अंकले, बैँक समुह ७ दशमलव ८५ अंकले, विकास बैँक समुह ७ दशमलव ७१ अंकले, लघुवित्त समुह ६ दशमलव ५५ अंकले, अन्य समुह १ दशमलव ९ अंकले र टे«डिड. समुह ० दशमलव १७ अंकले उकालो लागेको छ।
आज फाइनान्स समुह भने ओरालो लागेको छ। अाज फाइनान्स समुह १ दशमलव ५७ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ३१ असार २०७५, आईतवार १५:२२