एनएमबि बैंकको ११०औं शाखा खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकको ११०औं शाखा खुल्यो



काठमाडौं। एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११०औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सीमा भित्रै बैंकले देशका बिभिन्न स्थानीय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो ।

यो शाखाको शुरुवातसँगै बैंकको कुल ११० शाखा, ४ एक्टेन्सन काउन्टर र ९६ एटीएम पुगेको छ । बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाइनान्सको ७५ शाखा पुगेको छ भने यसले स्थानीयहरुको वित्तीय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाव रहेको बैंकको भनाइ छ ।

प्रकाशित : ३२ असार २०७५, सोमबार १५:३४