एनएमबिको एफपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबिको एफपीओ बाँडफाँट



काठमाडौं । एनएमबि बैंकको एफपीओ बाँडफाँट भएको छ । एफपीओका लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख ८५ हजार ७२७ कित्तासम्म सेयर हात पारेका छन् । कुल ६९ हजार ६४६ जना लगानीकर्ताले आवेदन दिएकामा २० जनाको आवेदन रद्द भएको छ । विवरण सदर भएका ६९ हजार ६२६ जना आवेदकहरु सेयर बाँडफाँटमा परेका हुन् । २० जनाको भने दोहोरो आवेदन परेको हो । अधिकतम २ लाख २५ हजार २०० कित्ताका लागि आवेदन लागि दिनेको हातमा १ लाख ८५ हजार ७२७ कित्ता सेयर परेको छ ।
बैंकले जेठ ३० गते देखि असार २८ गतेसम्म एफपीओ खुला गरेको थियो । जसमा पहिलो चरणमा असार ३ गतेसम्म आवेदन दिने व्यवस्था रहेको थियो । तर त्यस अवधिमा न्यून आवेदन परेपछि असार ४ गतेदेखि संस्थागत लगानीकर्ताले समेत भर्न पाउने गरी समय बढाइएको थियो । एनएमबिले एफपीओ भर्नेसमेत १५% बोनस सेयर दिने घोषणा गरेपछि अन्तिममा लगानीकर्ता झुमिएका थिए ।
बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गरेको हो । हाल एनएमबिको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ ।
बैंकले यही पुँजीबाट (१५%) १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ बोनस दिने घोषणा गरिसकेको छ । बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १ श्रावण २०७५, मंगलवार ११:३९