डोलेश्वर र आशापुरीमा एकमहीने मेला शुरु



भक्तपुर।सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ ।
यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष एवं वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । मेला ३८ दिनसम्म चली भदौ ६ गते समापन हुने बताइएको छ । मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने थाहा भएको छ । थापाले लाम बसेको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहीने मेला शुरु भएको छ । मनको इच्छा पूरा हुने जनविश्वासले मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडाँै उपत्यकालगायत काभ्रेपलाञ्चोकका दर्शनार्थीको घुइँचो लाग्ने सो मन्दिरमा साउनमा रुद्री पूजा गर्नेको समेत भीड लाग्छ । यता दत्तात्रय मन्दिरमा भने साउनको प्रत्येक सोमबार मेला लाग्ने गर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

सेयर बजारको उकालो यात्रा कायमै

काठमाडाैं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५

प्रकाशित मिति २०७८ असार १ देखि