जिएसएम र सिडिएमएलाई एउटै रिचार्जकार्ड,यसरी गर्नुस रिचार्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जिएसएम र सिडिएमएलाई एउटै रिचार्जकार्ड,यसरी गर्नुस रिचार्ज



काठमाडौं ।  नेपाल  टेलिकमले  बुधवारदेखि बजारमा एनटी रिचार्ज कार्ड विक्री सुरु गरेको छ । यससँगै टेलिकमका  ग्राहकले जिएसएम तथा सिडिएमएका लागि छुट्टा छुट्टै रिचार्ज किन्नुपर्ने बाध्यता हटेको छ । ग्राहकले आजदेखिनै यसप्रकारको कार्ड प्रयोग गर्न सक्ने टेलिकमका सहायक प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । सो कार्डबाट सिडिएमए तथा जिएसएम दुवै सेवामा रिचार्ज तथा व्यालेन्स ट्रान्सफर गर्न सकिने उनले बताइन् ।

‘यससँगै जिएसएम बाट सिडिएमएमा व्यालेन्स ट्रान्सफर गर्न पनि सकिन्छ’ उनले भनिन ।  सो कार्ड जिएसएमको प्रिपेड तथा सिडिएमएको प्रिपेड र पोष्टपेड दुवैमा लागु हुने बैद्यले जानकारी दिइन् । जिएसएमको पोष्टपेडमा भने हाललाई यस्तो सेवा लागु नगरिएको बताइएको छ ।
रु.५०, १ सय २ सय , ५ सय र १ हजारका रिचार्जकार्ड उपलब्ध छन् ।  बजारमा ५० को रिचार्ज कार्ड को माग भएकोले विशेषगरी विद्यार्थीहरुको मागलाइए ध्यानमा राखी युनिभर्सल रिचार्जमा ५० लाई पनि समाबेस गरिएको उनले जानकारी दिइन् ।

बैद्यका अनुसार हाल उपलब्ध रिचार्ज कार्डलाई विस्तारै विस्थापित गरिने छ ।

यसरी गर्नुस रिचार्ज

आइभीआर मार्फत रिचार्ज गर्न १४१५ डायल गर्ने र प्राप्त निर्देशन अनुसार १६ अंकको पिन नम्बर थिची रिचार्ज गर्न सकिन्छ । त्यस्तै युएसएसडी कोर्डमार्फत रिचार्ज गर्न ८४१२८पीन कोड३  डायल गरी रिचार्ज गर्न सकिन्छ

त्यसैगरी वेभसाइटमार्फत http://webrecharge.ntc.net.npबाट  रिचार्ज गर्न  सकिन्छ ।

रिचार्ज भए नभएको तथा ब्यालेन्स रकम थाहा पाउन जीएसएम प्रिपेडका लािग ८४००३ र १४१५ मा डायल गर्न सकिने उनले सकिन्छ । त्यस्तै सीडीएमए सेवाका लागि रकम थाहा पाउन १४१५ मा डायल गर्नुपर्छ ।
हाल टेलिकमको नेपालभर १करोड २० लाख भन्दा धेरै मोवाइल सेवाका ग्राहक छन् ।

प्रकाशित : ६ जेष्ठ २०७२, बुधबार १४:४०