आर्थिक वर्षको पहिलो कारोबार अाेरालाे लागेर बन्द भयाे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आर्थिक वर्षको पहिलो कारोबार अाेरालाे लागेर बन्द भयाे नेप्से



काठमाडौँ। आर्थिक वर्षको पहिलो दिनको कारोबार  नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८दशमलव ०५ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड.,फाइनान्स र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएको १५२ कम्पनीको ५ लाख १४ हजार १ सय ६१ कित्त सेयर बाट २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैयाको कारोबार भएको छ ।

आजबाट लाइफ इन्स्योरेन्स र नन्लाइफ इन्स्योरेन्सको छुटै उपपरिसुचक राखिएको छ ।

आज नन्लाइफ लाईफ इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ । आज नन्लाइफ  इन्स्योरोन्स समुह ८७ दशमलव ६७ अंकले ओरालो लागेको छ। आज लाईफ इन्स्योरेन्स समुह ७४ दशमलव ११ अंकले, होटल समुह ५३ दशमलव ११ अंकले, जलविधुत समुह ३९ दशमलव २५ अंकले, उतपादनमुलक समुह ३५ दशमलव ६६ अंकले, लघुवित्त समुह १३ दशमलव ३२ अंकले,विकास बैँक समुह ८ दशमलव १ अंकले र बैँक समुह ४ दशमलव ७७ अंकले ओरालो लागेको छ।

आज टे«डिड.,फाइनान्स र अन्य समुह भने उकलो लागेको छ। आज सबै भन्दा धेरै अन्य समुहले कमाएको छ । आज अन्य समुह ४ दशमलव ९५ अंकले उकालो लागेको छ । आज फाइनान्स समुह ३ दशमलव ७३ अंकले र टे«डिड.समुह २ दशमलव ७९ अंकले उकालो लागेको छ।

प्रकाशित : १ श्रावण २०७५, मंगलवार १५:३०