अब मिस्ड कलबाटै तपाईको बैंक खाताको सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अब मिस्ड कलबाटै तपाईको बैंक खाताको सूचना



काठमाडौ ।  एनआईसी एशिया बैंकले श्रावण १ गतेबाट मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सेवाको सुरुवातसँगै अब बैंकका ग्राहक ९८०१२२७७३३ नम्बरमा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, मिनी स्टेटमेन्टको जानकारी पाउन ९८०१२२७७४४ नम्बरमा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्त हुने छ ।

त्यसैगरि, कलब्याक सेवा लिनका लागि मोबाईलन ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

बैंकका मुलुकभर २३१ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

प्रकाशित : १ श्रावण २०७५, मंगलवार १९:२०