नेप्सेको वेभसाइटमा समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेको वेभसाइटमा समस्या



काठमाडाै । नेप्सेको वेभसाइटमा समस्या देखिने क्रम बारम्बार दोहाेरिन थालेको छ । बुधबार पनि बजार खुलेको करिब आधा घण्टा अवधि पुग्दा सम्म नेप्से वेभसाइट चल्न सकेकाे छैन । नेप्सेको वेभसाइट सुचारु हुन नसक्दा आम लगानीकर्ताले समयमा नै सुचना पाउनबाट बञ्चित हुन पुगेको छन् ।

करिब २५ मिनेटसम्म भने नेप्सेको साइटमा अघिल्लो दिनको कारोबारको तथ्याङ्क नै देखा परेको छ ।नेप्सेको वेभसाइट नै राम्रोसँग नचल्ने क्रम पटक पटक दोहोरीदा ब्रोकर अफिस नपुगी, आफ्नै घर वा कार्यालयबाट शेयर खरिद बिक्रीमा सहभागी हुने लगानीकर्तामा मर्कामा पर्ने गरेका छन् ।

ब्रोकर कार्यालयमा उपलब्ध नेप्सेको विन्डो भने सुचारु रहेको छ । ब्रोकर अफिसमै पुग्ने लगानीकर्ताले भने बजारको अपडेट लिन पाएका छन् ।करिब आधा घण्टाको कारोबार अवधिमा नेप्से सूचक ०.८० अंकले बढेको छ । यस अवधिमा २५ कम्पनीका ९ हजार ४४८ कित्ता शेयर ३३ लाख ३४ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार ११:४८