बोटलर्स नेपाल आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ अवार्डद्वारा सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बोटलर्स नेपाल आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ अवार्डद्वारा सम्मानित



काठमाडौं । इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ । साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाल लिमिटेडलाई सम्मान गरिएको हो । बोटलर्स नेपाल लिमिटेड गत वर्ष दोश्रो रनर अप भएकोे थियो भने यो बर्ष पहिलो रनर अपको अवार्डद्वारा सम्मानित भएको छ । उक्त सम्मान कार्यक्रम राजधानीको होटेल अन्नपुर्णमा १७ जुलाईको दिन आयोजित गरिएको हो । उक्त सम्मान बोटलर्स नेपालका फाइनान्स कन्टोलर अशोक मन्डल, प्रडक्ट म्यानेजर प्रकाश रुङगटा र प्रबन्ध निर्देशक पुनित भार्सनेले लिनुभएको थियो । उक्त अवार्ड अर्थमन्त्री डा युवराज खतिवडाले प्रदान गर्नु भएको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्मान ग्रहण गर्दै भन्नुभयो ‘म बधाई दिन चाहन्छु सम्पूर्ण बोटलर्स नेपाल लिमिटेड परिवारलाई, जसको निरन्तर प्रयास र, समर्पणले आज यो उपलब्धि प्राप्त भएको छ । यसरी हामीलाई हरेक वर्ष आइक्यानले दिएको सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौशला प्रदान गरेको छ । यसले हामीलाई अझै खुल्ला र टास्पारेन्ट रुपमा कामगर्दै अगाडि बढ्न हौसला प्रदान गरेको छ । यो अवार्ड हाम्रा उपभोक्ता, पार्टनर्स, लगानीकर्ता, तथा अन्य सबै स्टेकहोल्डरहरुको सहयोगले मात्र संभव भएको हो । हामी भोलिका दिनमा अझ बढी उत्कृष्ट बनाउन लागिपर्ने छौं ।’

आइक्यानको बारेमा
आइक्यान एकाउन्टिङको व्यवसायीक क्षेत्रमा सामाजिक पहिचान अभिवृद्धि गर्न र जनताको विश्वास बृहत रुपमा जित्नको लागि स्थापना गरिएको थियो । यसले एकाउन्टिङ व्यवसायको महत्व बढाउँदै सार्वजनिक जनचेतना अभिवृद्धि गर्नुका साथसाथै एकाउन्टेन्टहरुको आर्थिक तथा सामाजिक जिम्मेबारीता पनि बढाउँछ, र देशको आर्थिक विकासका लागि सक्रिय योगदान गर्दछ ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार १४:५१