नेप्सेमा ६ अंकको वृद्धि, ५३ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ६ अंकको वृद्धि, ५३ करोडको कारोबार



STOCKकाठमाडौं । मंगलबार नेप्से परिसूचक ६ दशमलव ६६ अंकले वृद्धि भई १ हजार १ सय ३८ दशमलव १८ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । क वर्गका कम्पनीहरु मापनगर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव २२ अंकले वृद्धि भई २ सय ४४ दशमलव ३९ को बिन्दुमा कारोबार बन्द भएको छ । बजार खुलेकै केहि समयमा नेप्से बजार घटेर १२ बजेर ५० मिनेट पछि भने उकालो लाग्न सुरु गरेको बजारमा केहि उताबचडाब भएको देखिन्छ ।

१ सय २५ वटा कम्पनीको ४ हजार ३ सय ८९ वटा कारोबारबाट ८ लाख १४ हजार ७ सय ९८ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन । आज नेप्से बजारमा ५३ करोड १९ लाख ४ हजार ४ सय ४७ रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ ।

कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । जसको १२ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल लक्ष्मी बैंक दोस्रो स्थानमा रहेको छ, जसको २ करोड ८२ लाख रुपैयाँ र तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ जसको २ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मिरर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले आफ्नो शेयरको मूल्य ९ दशमलव ९८ प्रतिशतले अत्याधिक कमाएका छन । साथ साथै इनेभेटिभ डेभलपमेन्ट बैंकको ९ दशमलव ७६ प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

आजको दिनमा प्यासिफ डेभलपमेन्ट बैंकको शेयरको मुल्यमा सर्वािधक ५ दशमलव ११ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी मिथिला लघुवित्त विकास बैंकको ४ दशमलव ३७ प्रतिशतले र राप्तीभेरी विकास बैंककोे ३ दशमलव ८४ प्रतिशतले मुल्यमा गिरावट आएको छ ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार १०:२४