ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ५ दशमलव ६३अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १३९ कम्पनीको ४ लाख ७७ हजार ६ सय ८७ कित्त सेयर बाट १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ६७ दशमलव ६५ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह ६१ दशमलव ६१ अंकले,लघुवित्त समुह १५ दशमलव ८१ अंकले,जलविधुत समुह १४ दशमलव ४१ अंकले, विकास बैँक समुह ९ दशमलव ७२ अंकले, टे«डिड. समुह २ दशमलव ७९ अंकले, बैँक समुह २ दशमलव ५९ अंकले,अन्य समुह २ दशमलव ३५ अंकले र उतपादनमुलक समुह २ दशमलव ०४ अंकले  ओरालो लागेको छ।

अाज फाइनान्स समुह ० दशमलव ७६ अंकले उकालो लागेको छ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार १५:२४