इन्टरनेटमा लगाएको कर फिर्ता लिन नेपाल विद्यार्थी संघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

इन्टरनेटमा लगाएको कर फिर्ता लिन नेपाल विद्यार्थी संघको माग



काठमाडौं  । गाँऊ देखि शहरसम्म वाईफाइ निशुल्क गर्ने भन्ने कम्युष्टि सरकारले इन्टरनेटमा भारी कर बृद्धि गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । इन्टरनेटमा लगाएको कर खारेज गर्न नेपाल विद्यार्थी  संघले माग गरेका छन् ।

सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएको भन्दै नेपाल विद्यार्थी संंघ बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयको अगाडि धर्नासमेत दिएका हुन् । घोषण पत्रमा फ्री वाइफाइको नारा लिएर गाउँगाउँमा गएको कम्युनिस्टहरूको सरकारले थप शुल्क बढाएको भन्दै विद्यार्थीहरुले सरकारलाई ध्यानाकर्षण गराएको संघ जनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले मंगलबार देखि लागू हुनेगरी इन्टरनेट शुल्कमा भारी बृद्धि गर्ने भएका छन् ।

वर्तमान केपी शर्मा ओली सरकारले इन्टरनेट कम्पनीहरुलाई मूल्य अभिबृद्धि कर (भ्याट) १३ प्रतिशत लागू गर्ने निर्णय गरेसंगै कम्पनीहरुले प्रयोगकर्तालाई १३ प्रतिशत भ्याट लिने निर्णय गरेका छन् ।

उक्त शुल्क सरकारी सेवा प्रदायक नेपाल टेलिकमले भने तत्कालको लागि नलिने भएको छ । अन्य निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ गते देखि लागू हुने गरी शुल्क बृद्धि गरेको सूचना जारी गरेका छन् ।

सोमबार इन्टरनेट सेवा प्रदायक संघ नेपालले विज्ञप्ती मार्फत भ्याट शुल्क लिने जानकारी प्रयोगकर्ताहरुलाई दिएका छन् । उक्त निर्णय संगै वल्ड लिंक, सुविसु, स्काई, क्लासिक टेक, भायो नेट लगायत सवै सेवा प्रदायक कम्पनीहरुले शुल्कमा भ्याट लगाउने भएका छन् ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार १८:४८