सेन्चुरी बैंकको सद्भावना दूतमा पारस खड्का र प्रतिभा माली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेन्चुरी बैंकको सद्भावना दूतमा पारस खड्का र प्रतिभा माली



काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ ।

बैंकद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा दुई खेलाडीलाई सद्भावना दूत घोषणा गरिएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले कप्तान खड्कालाई ब्याट र मालीलाई बल हस्तान्तरण गरे ।

नेपालकै कान्छो वाणिज्य बैंक सेन्चुरीले नेपालका दुई ‘सुपरस्टार’लाई संस्थासँग आबद्ध गराउन पाउँदा संस्थाको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास प्रकट गरेको छ ।

एक दिवसीय मान्यता पाएपछि पहिलो खेल खेल्न बिहीबार इंग्ल्याण्ड जान लागेका कप्तान खड्काले खेलकूद क्षेत्रको विकासमा व्यावसायिक प्रतिष्ठानको समर्थन ठूलो महत्वको हुने बताए।

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी मालीले बैंकको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिनुभयो । बैंकले दुवै खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १०:२९