शिवम् सिमेन्टले आगामी १३ गतेदेखि आईपीओ निस्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

शिवम् सिमेन्टले आगामी १३ गतेदेखि आईपीओ निस्काशन गर्ने



काठमाडौ । शिवम् सिमेन्टले आगामी १३ गतेदेखि आईपीओ निस्काशन गर्ने भएको छ । बिहीबार आह्वान पत्र सार्वजनिक गर्दै शिवम्ले आगामी १३ गतेदेखि भदौ ११ गतेसम्म आइपीओ निस्काशन गर्ने जानकारी दिएको हो ।

कम्पनीले पहिलो चरणमा मकवानपुरका बासिन्दाहरूका लागि आईपीओ निस्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि ८ लाख ८० हजार कित्ता साधारण सेयर निस्काशन गर्न लागेको हो ।

आईपीओका लागि न्युनतम १० देखि अधिकतम १० हजार कित्ता आवेदन दिन पाइने कम्पनीले बताएको छ ।

कम्पनीको आईपीओका लागि एक सय रुपैयाँको साधारण सेयरमा २ सय रुपैयाँ प्रिमियम थप गरेर ३ सयका रुपैयाँका दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १०:३९