नेप्सेमा गिरावट जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा गिरावट जारी



काठमाडौं  ।  साताको अन्तिम  दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर बन्द भएको छ । नयाँ आर्थिक वर्ष शुरू भएदेखि नै नेप्सेमा आएको गिरावट जारी छ ।

बिहीबार नेप्से परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ अंकमा झरेको छ । यस दिन १९ लाख १८ हजार ६ सय ४८ कित्ता शेयर ५६ करोड १२ लाख ८१ हजार ८४१ रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये होटल र उत्पादन समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

सबैभन्दा बढी भर्खरै छुट्टिएको निर्जीवन बीमा समूह ८० दशमलव ८२ अंकले घटेको छ । समग्र परिसूचकमा गिरावट आउँदा पनि होटल समूह भने १४ दशमलव ६१ अंकले बढेको छ । बिहीबार एनआईसी एसियाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १५:२४