युनियन हाइड्रोको शेयर निश्कासन कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

युनियन हाइड्रोको शेयर निश्कासन कहिले ?



काठमाडौ । युनियन हाइड्रो पावर कम्पनीले आगामी साउन १४ गतेबाट स्थानीयका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुुङमा सञ्चालित ३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले सेयर निष्कासन गर्न अनुमति दिएपछि प्रक्रिया अघि बढेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड  गर्न लागिएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७ करोड ५० लाख रुपैयाँको सेयर बिक्री खुल्ला गरिनेछ ।

लगानीकर्ताले छिटोमा साउन २८ तथा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न न्युनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजनामा लगानी गर्न इच्छुक स्थानीयले जिल्लाको भोर्लेटार र भोटे ओडारमा रहेको कैलाश विकास बैंकको शाखा, लक्ष्मी लघुुवित्त वित्तीय संस्था तथा ग्लोबल आइएमई बैकमार्फत आवेदन दिन सक्नेछन् । यस्तै,बेसीसहरस्थित सिभिल, ओम डेभलपमेन्ट, सनराइज र कामना सेवा विकास बैंकमा आवेदन दिने व्यवस्था मिलाईको छ ।

दुुई पिप्लेस्थित, कामना सेवा विकास बैंक तथा मालिङ, गौडा, भुलभुले र रैनासमा रहेको सिभिल बैंकको शाखाबाट पनि सेयर खरिद गर्न आवेदन दिन सकिनेछ । मध्यनेपाल नगरपालिकाका स्थानीयले आयोजनाको कार्यालयमा उपस्थित भई आवेदन दिनसक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १५:४६