राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ आंै वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै उक्त कार्याक्रम सुरु भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीको संयोजकत्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ९० जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

संघका अध्यक्ष हेमराज सुवेदीले रक्तदाताहरुलाई संघको लागो अंकीत टोपी हस्तान्तरण गरेका थिए । भने कार्याक्रमको संचालन महासचिव लक्ष्मीप्रसाद पाण्डेयले गरेको थियो । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले नियमित रुपमा संस्थाको सम्वद्र्धनका अतिरिक्त कर्मचारीहरुको पेशागत हक हितको सवालमा जोडदार रुपमा आवाज उठाउंदै आईरहेको छ ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १४:०७