राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् ।

बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १७:१३