चिकित्सा शिक्षा विधेयकमा सहमति भएन, संसद बैठक एक हप्ता पछि सर्‍यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

चिकित्सा शिक्षा विधेयकमा सहमति भएन, संसद बैठक एक हप्ता पछि सर्‍यो



काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ । सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसदमा प्रस्तुत् भएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसदमा पेस गर्नसमेत दिएको छैन ।

तर, सदनको बिहीबारको बैठकको दैनिक कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत् गर्ने कार्यक्रम थिएन । दैनिक कार्यसूचीमा सो विधेयक प्रस्तुत् गर्ने कार्यक्रम नहुँदा पनि संसदको बैठक बस्न सकेन ।

बिहीबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा विधेयक, २०७५ प्रस्तुत् गर्ने कार्यक्रम रहेको थियो । शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता नहुने तर सहमतिका लागि प्रयास जारी रहने बताएका छन् ।

सदन बस्न नसकेपछि सूचना टाँस गरी एक हप्ताका लागि पछि सारिएको हो । संसदको अर्काे बैठक यही साउन ११ गते दिनको १ बजे बस्नेछ ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १७:३८