गोविन्द केसीलाई सरकारले झुक्यायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

गोविन्द केसीलाई सरकारले झुक्यायो



काठमाडौ ।  ओली सरकारले अनसरत गोविन्द केसीलाई झुक्काएको छ । जुम्लामा अनसनरत केसीलाई काठमाडौं ल्याउन सरकार आफैंले प्रहरी जवानको मृत्यु भएको गलत हल्ला फिजाएको खुलासा भएको छ ।झडपका क्रममा घाइते भएका प्रहरीको मृत्यु भएको खबर सुनाएपछि दुःखि बनेका केसी रुँदै काठमाडौं आउन तयार भएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको निधन भएकाे यत्र तत्र सर्वत्र हैला फैलियाे । तर उनी जीवित छन् । उनकाे अहिले पनि अप्रेशन जारी छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लाग्याे ।

त्यसपछि प्रतिष्ठानमै चिकित्सकहरुले एक्सरे गरे । उनको दाहिने छाती भित्र गोली भेटिएको छ । साेही गोलीलाई निकालेर कमलको ज्यान बचाउने कोशिसमा अहिले पनि चिकित्सकहरु लागेका छन् । सुरक्षाकर्मी तथा विद्यार्थीबीच झडपका क्रममा १० जना घाइते भएका थिए । घार्इतेहरुकाे हाल उपचार भइरहेको छ ।

तर निधन हल्ला प्रहरीबाटै बाहिर अाएकाे थियाे । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी तपनकुमार दाहालले अप्ठेराे अवस्था नियन्त्रण लिने रणनीतिअनुरुप उपाध्यायको निधन भएको बताउनुपरेको वताएका छन् । घाइते उपाध्यायको अप्रेशनका लागि १० देखि १५ पोइन्ट रगत आवश्यक परेपछि पत्रकारले पनि रगत दिएकाे समाचार छ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १८:२७