सरकारी कर्मचारीको पेन्सनमा समेत कर लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारी कर्मचारीको पेन्सनमा समेत कर लाग्ने



काठमाडौं । अब अवकास प्राप्त सरकारी कर्मचारीको पेन्सनमा समेत कर लाग्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अवकाश प्राप्त सरकारी कर्मचारीको पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन निर्देशन दिएसँगै अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा समेत कर लाग्ने भएको हो ।

संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तका सम्बन्धमा तयार भएको ऐनको मस्यौदामा पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन अर्थमन्त्री खतिवडाले अनावश्यक हस्तक्षेप गर्दै पेन्सनमा कर लाग्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यसअघि पेन्सनमा कर नलाग्ने प्रस्ताव उक्त मस्यौदामा गरिएको थियो । तर, अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै ऐनमा भएको ‘पेन्सनमा कर नलाग्ने’ व्यवस्था हटाएर प्रचलित आयकर ऐनको व्यवस्था अनुसार ऐन बनाउन निर्देशन दिएका हुन् ।

उनको निर्देशन अनुसार ऐन बनेमा अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा १ प्रतिशत कर लाग्ने छ ।

प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १८:३२