साउन १४ देखि युनियन हाइड्रोको आइपीओ आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साउन १४ देखि युनियन हाइड्रोको आइपीओ आउने



काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आगामी साउन १४ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ ।

धितोपत्र बोर्डले असार १४  गते  यो  कम्पनीलाई आयोजना प्रभावित लमजुंग जिल्लाबासीका लागि ७ लाख ५० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने अनुमति दिएको थियो ।

कम्पनीले आयोजना प्रभावितलाई कम्पनीले चुक्तापूँजीको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावितपछि  सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता आइपीओ निश्कासन गर्नेछ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो ।

युनियन  हाइड्रोपावरले ३.३ मेगावाट क्षमताको मिडिम खोला प्रोजेक्ट निर्माण गरिरहेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार १३:०४