कैलाश विकास बैंकको शाखा कावासोतीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कैलाश विकास बैंकको शाखा कावासोतीमा



काठमाडौं । कैलाश विकास बंैक लिमिटेडले आफनो ५७ औँ शाखा नवलपरासी जिल्लाको कावासोतीमा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन कावसोती नगरपालिकाका नगर प्रमुख श्रीमति चन्द्र कुमारी पुनद्धारा एक समारोहका बीच भएको हो । संस्थाका संचालक चिन्तामणी पाण्डेको सभापतित्वमा उक्त समारोह सम्पन्न भएको थियो ।

कैलाश विकास बैंकको यस शाखाबाट रेमिटान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ५७ पुगेका छन् भन एटिएम संख्या २५ पुगेका छन् । बैंकले निकट भविष्यमा नवलपरासी जिल्लाको वर्दघाट, कास्की जिल्लाको हेम्जा, तनहूं जिल्लाको दुलेगौडा, डुम्रे र आंबुखैरेनी लगायत अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२२ अर्व २४ करोड निक्षेप संकलन गरी रु.१९ अर्ब ९५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार १८:३७