सानिमा बैंकले ल्यायो अनलाइनमै कर्जा चेक गर्ने प्रविधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकले ल्यायो अनलाइनमै कर्जा चेक गर्ने प्रविधि



काठमाडौं । सानिमा बैंकले कर्जा लिन चहाने ग्राहकहरुका लागि लक्षित गर्दे अनलाईन सेवा सञ्चालनमा ल्याएको छ । यसबाट अनलाइनबाटै कर्जा सिमा परिक्षण तथा कर्जा आवेदन दिन मिल्ने भएकाे छ । कम्पयुटर, मोवाइल वा ट्याबलेटबाट जहाँसुकैबाट कर्जा सिमा जानकारी लिनुकासाथै आवेदन गर्न सक्नेसमेत ब्यबस्था रहेकाे छ । यसरी आवेदन दिने ग्राहकको लागि कर्जा सेवा शुल्कमा आकर्षक छुटको ब्यबस्था गरेको बैंले जनाएको छ ।

बैंकलाई प्रविधिमैत्री बनाउने उद्देष्यले उक्त बैकले यसअघि नै चेक जम्मा गर्ने, किओस्क, मोबाइल मनी ट्रन्सफर, सेक्युर इएमभी चिपकार्ड जस्ता प्रविधि भित्र्याइसकेको छ । यो सेवाको विस्तारसँगै कर्जा प्रक्रिया चुस्त, छिटो छरितो हुने विश्वास गरिएको छ । यसको लागि बैकको वेबसाइट डब्लुडब्लुडब्लु डट सानिमाबैंक डट कम मा जानु पर्नेछ । उक्त बैंकको हाल ७४ शाख, १ एक्सटेन्सन काउन्टर र ६९ एटिएम रहेका छन् ।

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार १८:४८