लक्ष्मी लघुवित्त र एनएमबि लघुवित्तको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी लघुवित्त र एनएमबि लघुवित्तको नाफा घट्यो



काठमाडौं । लगानी योग्य रकमको अभावको कारण बढेको ब्याजदरले गर्दा लघुवित्तको नाफामा असर देखिएको छ ।

लक्ष्मी लघुवित्त र एनएमबि लघुवित्तको गत आर्थिक वर्षको नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

लक्ष्मी लघुवित्तले गत आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ८३ लाख  लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष २०७३/७४ मा लक्ष्मी लघुवित्तको नाफा १० करोड रुपैयाँ गरेको थियो ।

लक्ष्मीले ४५ करोड ४५ लाख ब्याज आम्दानी गर्दा ब्याज खर्च २१ करोड ५० लाख गरेको छ । जसबाट लक्ष्मी लघुवित्तले खुद ब्याज आम्दानी २३ करोड ९४ लाख गरेको छ ।

अघिल्लो वर्ष लक्ष्मी लघुवित्तले ब्याज आम्दानी ३५ करोड गर्दा ब्याज खर्च १० करोड थियो । जसबाट २४ करोड रुपैयाँ खुद ब्याज आम्दानीबाट कमाएको छ ।

यस्तै एनएमबि माइक्रो फाइनान्सले ३ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

अघिल्लो आर्थि वर्ष २०७३/७४ मा यस्तो नाफा ४ करोड ५३ लाख थियो ।
ब्याज खर्चसँगै कार्यालय संचालनमा भएको खर्च बृद्धिको कारण एनएमबि माइक्रोफाइनान्सको नाफा घटेको हो । एनएमबि माइक्रो फाइनान्सको नोक्सानी व्यवस्थाको लागि समेत छुट्याएको रकम बढेको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार ११:४९