तारा एअरले भित्र्यायो नयाँ बिमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तारा एअरले भित्र्यायो नयाँ बिमान



काठमाण्डौ । तारा एअर प्रा.लि.ले शुक्रबार आफ्नो नयाँ ट्वीनअटर बिमान भित्र्याएको छ । सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो।

चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवनसिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन् ।

साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअर वर्दिनेस्ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका छन् ।

सो नयाँ विमान भाईकिङ्ग ४००श्रृङ्खलाको हो । भाईकिङ्ग४००श्रृङ्खलाका यीट्विन अटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा, तथा रारामा उडान भर्न सक्षम छ ।

रितपुर्वक सबै जाचँहरुबाट सफलतापुर्वक गुज्रिएर, परिक्षण उडान समेत सफलतापुर्वक सम्पन्न गरेपछि सो विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा 9N-ALO दर्ता नम्बर प्रदान भएको छ ।

सो नयाँ वायुयान थप भएबाट नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने महत्वाकांक्षमा तारा एअरले समेत महत्वपुर्ण योगदान पुर्याउन सक्नेमा तारा एअर प्रालिले जनाएको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार ११:५५