बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा



काठमाडौं।  दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ ।

बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका रुपमा विकास गर्दै लगिने जानकारी दिनुभयो ।

जीवन र निर्जीवन गरी ३९ कम्पनी र बीमा समितिको संयुक्त रु एक करोडको लागतमा स्थापना गरिएको इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पु¥याउने विश्वास लिइएको छ । सत्तरी वर्षको बीमा इतिहासमा यस इन्स्टिच्युटलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

पछिल्लो समयमा बीमा क्षेत्रमा रु ६० अर्बभन्दा बढी रकम परिचालन भएको र यसले कूल गार्हस्थ्यमा २।५ योगदान पु¥याएको बताइएको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १३:०४