डा. गोविन्द केसीको समर्थनमा बसन्तपुर डवलीमा सामूहिक अनशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डा. गोविन्द केसीको समर्थनमा बसन्तपुर डवलीमा सामूहिक अनशन



काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १५ औं पटक अनशनमा बसेका २३औं दिन डा. गोविन्द केसीको समर्थनमा बसन्तपुर डवलीमा समर्थकहरूले आइतबार सामूहिक अनशन शुरु गरेका छन् । डा. केसीको जीवन रक्षाको माग गर्दै समर्थकहरूले शंख बजाउँदै अनशन शुरु गरेका हुन् । अनशनमा ७५ जनाको सहभागिता रहेको छ । अनशनमा बस्नका लागि हिजो दुई सय ६० जनाले नाम दर्ता गराएका सोलिडारिटी फर डाक्टर गोविन्द केसी एल्लाइन्सले जनाएको छ । अनशन बिहान १० बजेदेखि शुरु हुने भनिएपनि केही समय ढिला शुरु भएको थियो । डा. केसीको सत्याग्राहको समर्थन गर्दै शुरु भएको सामूहिक अनशन बेलुका ५ बजेसम्म जारी रहने उक्त एल्लाइन्सले जनाएको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १३:३१