प्रदेश नम्बर–५ सरकारले तोक्यो करको दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रदेश नम्बर–५ सरकारले तोक्यो करको दर



भैरहवा । प्रदेश नम्बर–५ सरकारले करको दर तय गरेको छ । साउन १ गतेदेखि कर संकलनको अधिकार पाएसँगै प्रदेश सरकारले नयाँ करको दर तय गरेको हो ।  प्रदेश नम्बर–५ प्रदेश आर्थिक ऐन २०७५ राजपत्रमा प्रकाशित भएसँगै कर प्रणाली लागू भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । ऐनमा पाँचओटा शीर्षकमा कर र चारओटा शीर्षकमा गैरकर लगाउने व्यवस्था गरिएको छ ।

 

संकलित कर मालपोतले ४० प्रतिशत प्रदेश सरकार र बाँकी ६० प्रतिशत स्थानीय तहहरूलाई बाँडफाँट गरी दिने व्यवस्था रहेको छ । प्रदेश सरकारले कुनैपनि करको दायरा बढाएको छैन । यस्तै, ऐनमा भूमिहीन, मुक्तकमैया र हलिया परिवारलाई घरजग्गा रजिष्ट्रेसन, सेवा र रोक्का शुल्कमा पूर्णछुट दिइएको छ भने पूर्णअपांगता दलित तथा पिछडावर्गले ५० प्रतिशत छुट पाउन व्यवस्था गरिएको छ ।

किसानलाई चार लाख रुपैयाँसम्मको आयमा करछुटको व्यवस्था गरिएको छ भने १० लाखसम्म ५ प्रतिशत, २० लाखसम्म १० र सोभन्दामाथि १५ प्रतिशत कर लाग्ने व्यवस्था प्रदेश सरकारले गरेको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १३:३०