ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ११ दशमलव ७३ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको ६ लाख ६१ हजार २ सय ४६ कित्त सेयर बाट २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह १ सय १० दशमलव ६ अंकले ओरालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह ७० दशमलव २८ अंकले,होटल समुह ३४ दशमलव ५७ अंकले,लघुवित्त समुह ३२ दशमलव ९३ अंकले,जलविधुत समुह १३ दशमलव ७७ अंकले, विकास बैँक समुह १३ दशमलव ४२ अंकले, बैँक समुह ७ दशमलव ६६ अंकले,अन्य समुह ६ दशमलव ७१ अंकले र उतपादनमुलक समुह ३ दशमलव ४१ अंकले ओरालो लागेको छ।
आज फाइनान्स समुह २ दशमलव ९९ अंकले उकालो लागेको छ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १५:१८