मेलम्ची खानेपानी ल्याउने कामले काठमाडौंका विभिन्न ठाउँमा इन्टरनेटमा समस्या



काठमाडौं । मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ ।

केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

उनका अनुसार केही स्थानमा अहिले सो सेवामा समस्या भए पनि छिट्टै समस्या हटी सेवा पुनःसञ्चालन हुनेछ । तीन महिनाअघि कामपा र वर्ल्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इण्टरनेट जडान गरिएको थियो ।

सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशीको चाप बढी हुने भएकाले उनीहरुको सुविधालाई ध्यानमा राख्दै कामपाले यस्तो व्यवस्था गरेको हो । अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो ।

हनुमानढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएको भन्दा धेरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने अवस्था आएको काफ्लेले जानकारी दिए ।

आवश्यकता हेरी अन्य स्थानमा पनि इण्टरनेट राख्ने योजना कामपाको छ । ती नागरिकले इण्टरनेट सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

सेयर बजारको उकालो यात्रा कायमै

काठमाडाैं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

प्रकाशित मिति २०७८ असार १ देखि