राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको २९ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले एक समारोहका बीच २९ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरेका थिए ।

सो अवसरमा अध्यक्ष प्याकुरेलले नयां परिस्थिति अनुसार आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ भन्दै ट्रेड यूनियन आन्दोलनमा मजदुर र ब्यवस्थापन बीचको समस्या वार्ता र छलफलबाटै समाधान गरिनुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकका अध्यक्ष हेमराज सुेवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष राजेन्द्र ज्ञवाली, कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष कुलप्रसाल शर्मा, लगाएतले मन्तब्य राख्दै पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा विविध विषयहरु उठान गरेका थिए ।वर्षिकोत्सव अवसरमा ९० जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।

उक्त अवसरमा जोरपाटि स्थित बुद्धिष्ट बालगृहमा अनाथ बालबालिकाहरुलाई खाना खुहाउनुका साथै रावा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसर सरसफाई गरिएको थियो ।

साथै सो अवसरमा बैंक कर्मचारीहरु बीच भएको तातो आलु नामक खेल प्रतियोगिता समेत संचालन गरिएको थियो । सो खेलमा प्रथम संन्ध्या सिंह, द्धितीय संगीता लामिछाने र तृतीय ईश्वरी मल्ल विजयी भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कर्मचारी संघमा आवद्ध निवृत ११२ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक प्रदान गरिएको थियो ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १८:४९