लगानीकर्तालाई नेप्सेको आव्हानःयुजर नेम र पासवर्ड लिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लगानीकर्तालाई नेप्सेको आव्हानःयुजर नेम र पासवर्ड लिनुस्



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर लगानीकर्ताहरुलाई अनलाइन ट्रेडिङ सिस्टममा सहभागी हुन आव्हान गरेको छ । उसले लगानीकर्तालाई आफ्ना ब्रोकर व्यवसायीबाट युजर नेम र पासवर्ड लिन  समेत अाग्रह गरेको हो ।

सेयर लगानीकर्ताले ब्रोकर व्यवसायीसँग सम्पर्क गरी केवाइसी अद्यावधिक गर्ने एवम् यूजर नेम र पासवर्ड लिएर अनलाइन ट्रेडिङ सिस्टमसँग जोडिन नेप्सेले आग्रह गरेको हो । नेप्सेले अनलाइन ट्रेडिङको अहिले परीक्षणकाल भएकाले ब्रोकरहरुले उपलब्ध गराएको युजर नेम र पासवर्ड मार्फत लगानीकर्ताहरुले हालको कम्प्यूटराइज्ड ट्रेडिङ सिस्टममा प्रविष्ट गरेको आदेश र म्याचिङ भएको कारोबारको विवरण मात्र हेर्न सकिने जनाएको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १९:०७