घर बनाउँदा अनिवार्य सोलार जडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

घर बनाउँदा अनिवार्य सोलार जडान



काठमाडौं । स्थानीय विकास मन्त्रालयले घर बनाउँदा अनिवार्य रुपमा सौर्य उर्जा जडान गर्नु पर्ने व्यवस्था लागु गरेको छ । मन्त्रालयले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै सो व्यवस्था लागू गरेको हो । मन्त्रालयले देशका ७५ जिल्ला विकास समिति र २ सय १७ नगरपालिकालाई सो निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार अव घरको नक्सा पास गर्दा अनिवार्य रुपमा सौर्य ऊर्जा जडानको समेत पास गर्नुपर्ने हुन्छ । विशेष गरी सरकारी भवन, व्यवसायीक भवन, स्कुल, अस्पताल तथा सार्वजकिन संस्थानमा यो व्यवस्था अनिवार्य रुपमा लागू हुने छ । त्यसैगरी, महानगरपालिका तथा उपमहानगर पालिकामा घर बनाउँदा भने १० आनाभन्दा बढी जग्गा भएको अवस्थामा यो व्यवस्था लागू हुने छ । यस्तै ‘क’ देखि ‘च’ वर्गका घरहरुमा भने दैनिक ५ घण्टाभन्दा कम घाम लाग्नेमा जडान गर्न नसकिने मन्त्रालयले जानकारी दिएको छ ।

यस अघि नक्सा पास गरेका तथा बन्दै गरेका भवनमा पनि यो व्यवस्था लागु हुने मन्त्रालयले जानकारी दिएको छ । बन्दै गरेका भनवमा पनि सोलार प्यानल राखेपछि मात्र निर्माण सम्पन्न प्रमाणपत्र दिइने छ ।

उक्त व्यवस्था अनुसार कुल उर्जा खपतको २५ प्रतिशत वा १ हजार ५ सय वाटमध्ये जुन बढी क्षमताको हुन्छ सोही प्यानल जोड्नुपर्ने छ । यसैगरी, आवाशीय भवनमा भने जग्गाको क्षेत्रफल तथा तला अनुसार कम्तीमा २ सय वाट पिकभन्दा कम नहुनेगरी जडान गर्न सकिने छ । सोलार प्लानल जडानका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार १२:१२