महालक्ष्मी विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता



काठमाडाै । महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा ७ % छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवा शुल्कमा १०% छुट प्राप्त गर्ने बैंकद्वारा प्रकाशित बिज्ञप्तिमा जनइएको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १९:०६