नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि हकप्रद निश्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि हकप्रद निश्कासन गर्ने



काठमाडाै । नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ । कम्पनीले १:२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने छ ।

हकप्रद निष्काशनको प्रयोजनार्थ कम्पनीले श्रावण ७ गते एक दिनको लागि सेयर धनी दर्ता किताब बन्द गर्ने जनाएको छ । साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । लगानीकर्ताले भदौ ३१ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

कम्पनीको हकप्रदले इक्रा नेपालबाट ग्रेड ५ को रेटिङ पाएको छ जसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार ११:३२