अन्तर्राष्ट्रिय ब्याडमिन्टन शुरु



काठमाडौँ- अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण आजदेखि यहाँ शुरू भएको छ । पुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ब्याडमिन्टन खेलेर गर्नुभयो । सो अवसरमा मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भएका समस्या र चुनौतीलाई समाधान गर्दै अन्तर्राष्ट्रिय पदक तालिकामा सुधार गर्दै लैजाने बताउनुभयो ।

प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका ४२२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल, महिला सिङ्गल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिङ्गल र जुनियर महिला सिङ्गल, पुरुष एक्जुकेटिभ सिङ्गल र डबल्स तथा पुरुष कर्पोरेट सिङ्गल र डबल्स गरी १० स्पर्धामा प्रतिष्पर्धा समावेश गरिएको छ । प्रतियोगिता यही साउन १२ गतेसम्म चल्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि