रिलायन्स सुगर मिल्समा आगलागी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायन्स सुगर मिल्समा आगलागी



बीरगञ्ज। रिलायन्स सुगर मिल्समा भिषण आगलागी भएको छ। बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिमा दिउँसो पौने १२ बजे आगलागी भएको बारा प्रहरीले जनाएको छ।
के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन। आगो नियन्त्रणको लागि प्रयास भइरहेको बाराका प्रहरी नायब उपरिक्षक रञ्जीतसिंह राठौरले बताए।
‘आगलागी भएको जानकारी आएको छ, अहिले कलैया, वीरगंज, अमलेखगंजबाट बारुण यन्त्र मगाउने काम भएको तथा उद्योगको आगलागी नियन्त्रणमा सुरक्षाकर्मी तथा स्थानीय जुटेका छन्। कति क्षति भयो भन्ने यकिन नभएको राठौरले जानकारी दिए। यता, उद्योगका सञ्चालक वीरेन्द्र संघाईले बारुण यन्त्र उद्योगमा पुग्न ढिलाई गरेको बताए।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार १२:४९