एभरेष्ट ग्यास उद्योगमा स्थानीयको तोडफोड, नेपाल प्रहरीका दुई डीएसपी समेत कुटिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट ग्यास उद्योगमा स्थानीयको तोडफोड, नेपाल प्रहरीका दुई डीएसपी समेत कुटिए



काठमाडौं । कीर्तिपुरको चाल्नाखेलस्थित एभेरेष्ट ग्यास उद्योगमा स्थानीयबासीले  तोडफोड गरेका छन् । ग्यास माग गर्दै मंगलबार विहानैदेखि लाइन बसेका स्थानीयबासीले  दिउँसोसम्म पनि ग्यास नपाएपछि तोडफोड गरेका हुन् । स्थानीयका अनुसार उद्योगले १ हजार ग्यास बाँड्ने आश्वासन दिएर कुपन समेत बाँडेको भएपनि ग्यास उपलब्ध नगराएपछि तोडफोडको स्थिती सिर्जना भएको बताएका छन् । उनीहरुले भने, “हामीले ३०० सिलिण्डर माग गरेका थियौं तर व्यवस्थापनले १ हजार उपलब्ध गराउने भने पछि ६/७ सय लाइनमा बस्यौं”, तर “अहिलेसम्म ग्यास उपलब्ध भएन ।”

ग्यास नपाएको आक्रोशमा स्थानीयबासीले उद्योगमा तोडफोड गरेपछि प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । स्थानीयले प्रहरीको हतियार र सञ्चार सेट समते खोसेको बताइएको छ ।प्रहरीको हतियार समेत खोसियो भने नेपाल प्रहरीका दुई डीएसपी समेत कुटिएको दृश्यले चाल्नाखेल केहीबेर रणमैदान जस्तै बन्यो ।

प्रहरी अधिकारीहरुले संयमता नअपाएको भए टीकापुर घटना दोहोरिन्थ्यो भन्ने प्रहरी प्रतिक्रिया छ । घटनामा दुई डीएसपीसहित सात प्रहरी घाइते भएका छन् । डीएसपीको घाँटीमा चोट लागेको बताइएको छ ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार १५:५१