एनआईसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहक महानुभावले मुलुकभर फैलिएका बैंकको २ सय ३२ वटै शाखाबाट सहज रुपमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

बैंकलाई गरिएको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ३२ शाखा कार्यालय, २ सय २० एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर र १५ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सुचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार १५:३४