सानिमा बंैकमा खाता खोल्दा महिला ग्राहकहरुलाई बिषेश उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सानिमा बंैकमा खाता खोल्दा महिला ग्राहकहरुलाई बिषेश उपहार



काठमाडौं । सानिमा बंैकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिने योजना ल्याएको छ । यो योजना अन्र्तगत सानिमा बंैकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरिने बैंकले जनाएको छ ।

यो योजना श्रावण, २०७५ महिना भरी चल्ने छ साथै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारकालागि प्रति व्यक्ति रु. २० हजार नबढ्नेगरि सहयोग गर्दै आएको छ । यसका लागि बैंकले पाटन अस्पताल सँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ७ प्रतिशत सम्मको उच्चतम ब्याज उपलब्ध गर्दै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार १७:४५