नेपाल मेडिसिटी र प्राइम बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल मेडिसिटी र प्राइम बैंकबीच सम्झौता



काठमाडौं । नेपाल मेडिसिटी र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब प्राइम बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने भएका छन् । सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले र प्राइम बैंकका तर्फबाट नायब महाप्रबन्धक भाइराजा तुलाधरले हस्ताक्षर गरेका छन् ।

नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा नेपाल मेडिसिटी अस्पतालले अगाडि बढाएको र नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंग आफूहरुले सहकार्य गर्दै जाने योजना बनाएको महाप्रबन्धक रिमालले बताए ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार १७:५८