भार्गवले विकास बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भार्गवले विकास बैंकले लाभांश दिने



काठमाडौं । भार्गव विकास बैंकले  लाभांश दिने भएकाे छ ।  बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७३–७४ को सञ्चित नाफाबाट बोनस वितरण गर्ने निर्णय गरेको हो । बैंठकले ५.५५% बोनस सेयर   र ०.२९% नगद लाभांश दिने प्रस्ताव  गरेको छ । यसआधारमा बैंकले बोनस प्रयोजनका लागि २ करोड ६४ लाख रुपैयाँ र कर तिर्न १३ लाख ८९ हजार ४७३ रुपैयाँ खर्च गर्नेछ ।

सञ्चालक समितिको यो प्रस्तावलाई नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । भार्गवले गत वर्ष निष्कासन गरेको हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १२:०१