एनसीसी बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकएस्योरेन्समार्फत् लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

साउन ७ गते भएको सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोलिसी बिक्री गरिने बैंकका प्रवक्ता बन्दना पाठकले बताइन् ।

सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १२:४४