उद्योगबाटै ग्यास ‘लुट्छन्’ सिडिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योगबाटै ग्यास ‘लुट्छन्’ सिडिओ



काठमाडौँ । भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ ।

राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको हो ।

राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास तथी दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै लुट्न थालिएको नागरिक दैनिकले लेखेको छ ।

‘चितवन र धादिङ सिडिओ कार्यालयले प्रत्येक साता ८ सय सिलिन्डर नदिए ग्यास काठमाडौँ लानै नदिने भनेका छन् । असुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले भने,‘एउटा उद्योगबाट ८ सयका दरले सिडिओलाई किन ग्यास चाहियो ?’

उद्योगीका अनुसार हाल श्रीकृष्ण, साइबाबा, बाबा, नारायणी, ओम, एभरेस्ट, सुगम, राजधानी, श्रीराम, भानुलगायत ग्यास उद्योग चितवन र धादिङमा छन् ।

प्रकाशित : ८ पुष २०७२, बुधबार ०३:१८