दराज च्याम्पियनसिप केस स्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई



काठमाडाैँ । दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो ।

केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र शुनिता तन्डुकारको समुहले १ लाख रुपैंया पुरस्कार हात पारेको छ । त्यसै गरि एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिप प्रोग्राम अन्तरगत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ । १८ महिनामा विद्यार्थीहरुलाई दराजले उनीहरुको चाहना अनुसार ३ फरक विभागमा ६ महिना तालिम दिनेछ । १८ महिनाको सफल तालिम पश्चात उनीहरुलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ ।

पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिदै एस इस्न्टीच्युट अफ मेनेजमेन्टसँगको सहकार्यमा दराज केमु प्रालिले केस स्टडिको दोस्रो संस्करण आयोजना गरेको हो । प्रतिष्पर्धामा कुल २२ कलेजहरु सहभागि भएका थिए । जसमध्ये फाइनलमा पुगेका ८ वटा कलेजहरुले संयुक्त रुपमा १ लाख ७५ हजार रुपैंया नगद पुरस्कार पाएका थिए ।

८ वटा कलेजहरु ब्रिटिस कलेज, एस इन्स्टीच्युट अफ मेनेजमेन्ट, मेधावी कलेज, नेपाल कमर्स क्याम्पस, क्वेस्ट इन्टरनेसनल कलेज, कुसुम, इस्लिङ्गटन कलेज र काठमाडौं मोडेल कलेज फाइनल चरणमा पुगेका थिए । सबै कलेजका विद्यार्थीहरुलाई दराज पाकिस्तानसँग सम्बन्धित केस स्टडिमा प्रतिष्पर्धा गराइएको थियो । ग्राहक प्रतिको इमान्दारितालाई केन्द्रमा राखेर उत्कृष्ट व्यवसायिक कार्यक्रम सुझाव गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको थियो ।
प्रतियोगिताको निर्णयक टोलीमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. आर्हन स्थापितका साथै आउटरिजका प्रवन्ध निर्देशक उजय शाक्य, सफल पार्टनरका संस्थापक आसुतोष तिवारी जस्ता आद्योेगिक विज्ञहरु थिए । फाइनल कार्यक्रममा दराज समूहका मानव संसाधन निर्देशक कार्लाेट्टे स्टोफ्बर्गका साथै पाकिस्तान, बंगालादेश, र श्रीलंकाका मानव संसाधन प्रमुखहरुको उपस्थिति थियो ।

दराज नेपालले आगामी वर्ष देश भरका उत्कृठ कलेजहरुलाई सहभागि गराउँदै अझ ठूलो कार्यक्रम आयोजना गर्नेछ । दराज समुहले पाकिस्तान, म्यानमार, बंगलादेश, श्रीलंका र नेपालमा विभिन्न ब्राण्डका उत्पादनको बिक्री बितरण गर्न अनलाइन प्लेटफर्मको भुमिका निर्वाह गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

सेयर बजारको उकालो यात्रा कायमै

काठमाडाैं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

प्रकाशित मिति २०७८ असार १ देखि