कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले कति नाफा कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले कति नाफा कमायो ?



काठमाडौं  । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४–०७५ को चौथो त्रैमाससम्म २ करोड ५९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड २३ लाख ५७ हजार रुपैयाँ रहेको खुद नाफा १६.२६ प्रतिशत ले वृद्धि भएको हो । कालिकालाई नाफा वृद्धि गर्न खुद ब्याज आम्दानी र सञ्चालन नाफाले सघाएको छ ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ३६ लाख ५६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने ७ करोड १६ लाख ९ हजार मात्र थियो । यस्तै, सञ्चालन मुनाफा ३ करोड ५ लाख ५१ हजार रुपैयाँबाट वृद्धि गरी ३ करोड ४१ लाख २७ हजार रुपैयाँ पुर्याएको छ ।

यता, कम्पनीले ४९ करोड ९० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानी १ अर्ब २० करोड ५६ लाख ५६ हजार रुपैयाँ छ । यसको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.५२ प्रतिशत रहेको खराब कर्जा अहिले १.६४ प्रतिशत पुगेको छ ।

कालिकाको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा ५ करोड ७३ लाख १९ हजार रुपैयाँ राखेको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १३:३८