उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ७७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुल्क र लघुवित्त समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ११ लाख ८९ हजार ६ सय ८९ कित्त सेयर बाट २९ करोड ४१ लाख ८२ हजार ३ सय ४८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ४९ दशमलव ४२ अंकले उकालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह २० दशमलव ६१ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह १९ दशमलव ८९ अंकले, बैँक समुह ५ दशमलव २५ अंकले, जलविधुत समुह ३ दशमलव २४ अंकले, विकास बैँक समुह २ दशमलव ८५ अंकले, फाइनान्स समुह २ दशमलव ५९ अंकले, अन्य समुह २ दशमलव २६ अंकले र टे«डिड. समुह ० दशमलव ४२ अंकले उकालो लागेको छ ।
आज उत्पादनमुलक र लघुवित्त समुह भने ओरालो लागेको छ। अाज उतपादनमुलक समुह १९ दशमलव ७४ अंकले र लघुवित्त समुह ० दशमलव ७ अंकले ओरालो लागेको छ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १५:२८